FAQs Complain Problems

समाचार

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री ज्योती मा.वि, शि.न.पा. ०४ । Invitation for Bid - 2083/01/07 Invitation for Bid - 2083/01/11 सार्वजनिक जग्गामा वृक्षारोपण अनुदानको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।।।
निजी वन/निजी जग्गामा वृक्षारोपण अनुदानको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।।। दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।। दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।। ढूंगा, गिट्टी, वालुवा उत्खनन संकलन एवम् बिक्रीका लागि विद्युतीय बोलपत्र/दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
श्रम संसार (Saramsansar) प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना ।।। ढूंगा, गिट्टी, वालुवा उत्खनन संकलन एवम् बिक्रीका लागि विद्युतीय बोलपत्र/दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

शितगंगा नगरपालिकाको बारेमा संक्षिप्त परिचय

नगर परिचय

    शीतगंगा नगरपालिकाको नामाकरण यहाँको पवित्र नदी शीतखोला वा शीतगंगाको नामबाट राखिएको हो । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ७ गाउँ विकास समितिहरु सीतापुर, सुवर्णखाल, ठाडा, सिमलपानी, सिद्धारा, जुकेना र जलुकेलाई मिलाएर यस शीतगंगा नगरपालिकाको स्थापना भएको हो । यो नगरपालिका ऐतिहासिक तथा आर्थिक हिसावले परापूर्व काल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन । 

पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ । 

भौगोलिक स्वरुप 
    शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ। ६१०.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको अधिकांश भूभाग दक्षिण तर्फ फर्किएको पानीढालको रुपमा र केहि खेतियोग्य जमीन समथर रहेको छ । यहाँको उत्तरी भाग महाभारत पर्वत श्रृङ्खला र दक्षिणी भाग चुरे भावर क्षेत्र तथा सानातिना नदी बेंसीहरूले ढाकेको छ । चुरे क्षेत्र दक्षिणको मैदानबाट क्रमश अग्लो भई लगभग १५०० मिटरको उचाइ सम्म फैलिएको छ । यसको अग्लो भू–भाग, तिव्र ढालयुक्त डाँडा र पहाडबाट वनेको छ भने होचो नदीवेसीनहरुको खेतीयोग्य भूमि स–साना टुक्राहरुको रुपमा फैलिएको छ । चुरे क्षेत्रको भौगोलिक वनावट विशेष गरि बालुवा, कंकड कम विकसित पाँगो माटोबाट वनेको छ । कमजोर भू–धरातल कम विकसित माटाको अवस्थाका कारण मानविय क्रियाकलापः– गह्रा खेती, वन फँडानी, खोलानदीको बालुवा, ढुङ्गा, निस्कासन आदिबाट बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुबाट यो क्षेत्र बढी जोखिमयुक्त वन्दै गएको छ ।

नगरपालिकासंग सम्बन्धित तथ्यांकहरु:

क्षेत्रफल: ६१०.४३ वर्ग किलोमिटर

जम्मा वडा : १४ वटा

जनसंख्या : ४३३७३

वडा नं
हाल कायम भएको वडा (ठेगाना )
साविकका गा.बि.स/ न.पा


सुवर्णखाल
साविक १-९


सितापुर
साविक १-९


ठाडा
साविक १,२,७,८,९


ठाडा
साविक ३,४,६


जुकेना
साविक १-५


जुकेना
साविक ६-९


जलुके
साविक १-४, ७-९


जलुके
साविक ५ र ६


सिद्धारा
साविक १,७,८

१०
सिद्धारा
साविक २-४,९

११
सिद्धारा
साविक ५ र ६

१२
रजिया
साविक ठाडा गा वि स ५

१३
सिमलपानी
साविक ३,४,६-९
 

१४
पावर (सिमलपानी)
साविक सिमलपानी १,२ र ५

 

//