FAQs Complain Problems

समाचार

शि.न.पा ३ स्थित डमरु दह ।

Read More

सुपा देउराली मन्दिर ।

Read More

शि. न. पा १ स्थित राजा रानी गुफा ।

Read More

व्याक्तिगत घटना दर्ता सप्ताह - २०८० साल बैशाख १ गते देखी ७ गतेसम्म मनाऔँ ।।।

Read More

शितगंगा नगरपालिकाको बारेमा संक्षिप्त परिचय

शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । सितगंगा अर्घाखाँची को दक्षिण मा रहेको ६१०.४३ वर्ग कि मि मा फैलिएको ४३, ३७३ जनसंख्या भएको क्षेत्रफल को हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन । 

पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ । 

भौगोलिक स्वरुप 
    शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । ६१०.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको अधिकांश भूभाग दक्षिण तर्फ फर्किएको पानीढालको रुपमा र केहि खेतियोग्य जमीन समथर रहेको छ । यहाँको उत्तरी भाग महाभारत पर्वत श्रृङ्खला र दक्षिणी भाग चुरे भावर क्षेत्र तथा सानातिना नदी बेंसीहरूले ढाकेको छ । चुरे क्षेत्र दक्षिणको मैदानबाट क्रमशः अग्लो भई लगभग १५०० मिटरको उचाइ सम्म फैलिएको छ । यसको अग्लो भू–भाग, तिव्र ढालयुक्त डाँडा र पहाडबाट वनेको छ भने होचो नदीवेसीनहरुको खेतीयोग्य भूमि स–साना टुक्राहरु ९ एबतअजभक० को रुपमा फैलिएको छ । चुरे क्षेत्रको भौगोलिक वनावट विशेष गरि बालुवा, कंकड कम विकसित पाँगो माटोबाट वनेको छ । कमजोर भू–धरातल कम विकसित माटाको अवस्थाका कारण मानविय व्रिmयाकलापः–गह्रा खेती, वन फँडानी, खोलानदीको बालुवा, ढुङ्गा, निस्कासन आदिबाट बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुबाट यो क्षेत्र बढी जोखिमयुक्त वन्दै गएको छ ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
९८५७०२९४७६
नगर उप प्रमुख
९८४९२२६४६४
नगर प्रवक्ता
९८५७०६१३५०

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
९८५७०६९८१५
सूचना अधिकारी
९८५७०८६८०३

नगरपालिका बाेर्डकाे निर्णयहरु

जानकारी