समाचार
शितगंगा नगरपालिकाको बारेमा संक्षिप्त परिचय
नगर परिचय
शीतगंगा नगरपालिकाको नामाकरण यहाँको पवित्र नदी शीतखोला वा शीतगंगाको नामबाट राखिएको हो । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ७ गाउँ विकास समितिहरु सीतापुर, सुवर्णखाल, ठाडा, सिमलपानी, सिद्धारा, जुकेना र जलुकेलाई मिलाएर यस शीतगंगा नगरपालिकाको स्थापना भएको हो । यो नगरपालिका ऐतिहासिक तथा आर्थिक हिसावले परापूर्व काल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन ।
पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ ।
भौगोलिक स्वरुप 
    शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ। ६१०.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको अधिकांश भूभाग दक्षिण तर्फ फर्किएको पानीढालको रुपमा र केहि खेतियोग्य जमीन समथर रहेको छ । यहाँको उत्तरी भाग महाभारत पर्वत श्रृङ्खला र दक्षिणी भाग चुरे भावर क्षेत्र तथा सानातिना नदी बेंसीहरूले ढाकेको छ । चुरे क्षेत्र दक्षिणको मैदानबाट क्रमश अग्लो भई लगभग १५०० मिटरको उचाइ सम्म फैलिएको छ । यसको अग्लो भू–भाग, तिव्र ढालयुक्त डाँडा र पहाडबाट वनेको छ भने होचो नदीवेसीनहरुको खेतीयोग्य भूमि स–साना टुक्राहरुको रुपमा फैलिएको छ । चुरे क्षेत्रको भौगोलिक वनावट विशेष गरि बालुवा, कंकड कम विकसित पाँगो माटोबाट वनेको छ । कमजोर भू–धरातल कम विकसित माटाको अवस्थाका कारण मानविय क्रियाकलापः– गह्रा खेती, वन फँडानी, खोलानदीको बालुवा, ढुङ्गा, निस्कासन आदिबाट बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुबाट यो क्षेत्र बढी जोखिमयुक्त वन्दै गएको छ ।
नगरपालिकासंग सम्बन्धित तथ्यांकहरु:
क्षेत्रफल: ६१०.४३ वर्ग किलोमिटर
जम्मा वडा : १४ वटा
जनसंख्या : ४३३७३
			वडा नं
			हाल कायम भएको वडा (ठेगाना )
			साविकका गा.बि.स/ न.पा
			१
			सुवर्णखाल
			साविक १-९
			२
			सितापुर
			साविक १-९
			३
			ठाडा
			साविक १,२,७,८,९
			४
			ठाडा
			साविक ३,४,६
			५
			जुकेना
			साविक १-५
			६
			जुकेना
			साविक ६-९
			७
			जलुके
			साविक १-४, ७-९
			८
			जलुके
			साविक ५ र ६
			९
			सिद्धारा
			साविक १,७,८
			१०
			सिद्धारा
			साविक २-४,९
			११
			सिद्धारा
			साविक ५ र ६
			१२
			रजिया
			साविक ठाडा गा वि स ५
			१३
			सिमलपानी
			साविक ३,४,६-९
			 
			१४
			पावर (सिमलपानी)
			साविक सिमलपानी १,२ र ५